अष्ट्रेलियामा अधकट्टीको प्रिमियर


Adhakattiग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी फागुन १ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म अधकट्टीको अष्ट्रेलियामा प्रिमियर गरिने भएको छ । सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म २०१५ फेब्रुअरी १ मा सिड्नीमा प्रिमियर हुन लागेको हो ।

फिल्मका निर्माता प्रदीपकुमार उदयका अनुसार अष्ट्रेलियामा रहेको सिनेमा क्लबले फिल्म प्रदर्शन गर्न लागेको हो । फिल्मका लागि अष्ट्रेलियाली निर्माता अर्चना थापाले प्रिमियरको चाँजोपाजो मिलाएको उदयले बताए ।

फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ । सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ ।

SUBSCRIBE 👉