ऋतिक एसियाकै सेक्सी पुरुष


rhitik-roshanबलिउड स्टार ऋतिक रोशन तेस्रो पटक एसियाका सेक्सी पुरुषका रुपमा चुनिएका छन् । गत बुधबार सार्वजनिक सूचीमा टेलिभिजन अभिनेता कुशाल टण्डन सबैलाई आश्चर्यमा पार्दै दोस्रो स्थानमा परेका छन् ।

गत वर्षका विजेता अली जफर खिसक यसपटक तेस्रो नम्बरमा परेका छन् । टेलिभिजन अभिनेता विवियन डिसेना पहिलोपटक सूचीको १० औं स्थानमा परेका छन् । सूची यूकेको पत्रिका इस्टर्न आईले निकालेको हो ।

ऋतिकले पत्रिकालाई धन्यवाद दिँदै सेक्सीको अर्थ शारीरिक रुपले नभई मानसिक रुपले समृद्ध हुनुपर्ने बताएका छन् ।

SUBSCRIBE 👉