काभ्रे लेडिज ट्यालेन्ट शो अन्तिम चरणमा


Kavre-Beautyग्ल्यामर नेपाल, काठमाडौं ।
बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभे्रका युवतीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भइरहेको छैटौं संस्करणको ‘काभ्रे लेडिज ट्यालेन्ट शो २०७१’को तयारी अन्तिम चरणमा पुगेको छ ।

काभ्रेस्थित बनेपा आइ.टि.सी. स्किल डेभ्लपमेन्ट ट्रेनिंग सेन्टरमा भइरहेको प्रशिक्षणमा काभ्रे जिल्लाका धुलिखेल, नाला बनेपा, पाँचखाल, पनौती, साँगा भकुण्डे, शंखु आदि ठाउँका उत्कृष्ठ १० प्रतिष्पर्धी सहभागी छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने प्रतियोगीतामा १६ देखि २४ बर्ष उमेर समूहका अविवाहित युवतीहरुको सहभागिता छ। अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका प्रतियोगीहरुलाई कोरियोग्राफ्रर राज फैजुले प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगीता अन्तरगतको फोटोसुट तस्बीर स्टुडियोका फोटोग्राफर शिवलाल श्रेष्ठबाट सम्पन्न भैसकेको छ, जसबाट मिस फोटोजेनिक अवार्डको छनोट गरिने छ । यस अघि सोफिया शाक्य, प्रमिता थापा, सुम्मिता सापकोटा, मनिषा श्रेष्ठ र सृस्टी श्रेष्ठले काभ्रे लेडिज ट्यालेन्टको उपाधि जितिसकेको छन् । प्रतियोगिताको फाइनल आगामी पुस ५ गते अरनिको सभा भवन, बनेपामा सम्पन्न हुनेछ ।

SUBSCRIBE 👉