गायिकाको जन्मदिनमा लालजोडीको गीत रेकर्डिङ


Lal-Jodiग्ल्यामर नेपाल, काठमाडौं ।
पछिल्लो समयमा पाश्र्व गायनमा चम्किईरहेकी गायिका मनिषा पोखरेलले शनिवार आफ्नो जन्मदिन फिल्म ‘लालजोडी’को गीत रेकर्डिङसँगै भर्सटाइल गायक राजेशपायल राईसहित सञ्चारकर्मीमाझ मनाएकी छन् । फिल्मलाई सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेका हुन् ।

निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको फिल्म ‘एउटा साथी’ प्रदर्शनमा आइसकेको छ । दिलासा क्रिएसनको ब्यानरमा निर्देशक सुवेदी स्वयं निर्माता रहेको फिल्मको ‘आज त क्या ब्युटी भा’की छौ… बोलको गीत रेकर्डसँगै मनिषाले जन्मदिन मनाएकी हुन् ।
Laxman-Subedi

दिनेश सुवेदीको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत छ । माघ १९ बाट सुटिङ सुरु हुने फिल्मका कलाकार र प्राविधिकको चयन कार्य भइरहेको निर्देशक सुवेदीले बताए । कमेडी लभस्टोरी लालजोडीको स्क्रिप्ट निर्देशक स्वयंले लेखेका छन् ।

SUBSCRIBE 👉