ग्ल्यामर नेपाल, काठमाडौं ।
अभिनेत्री नम्रता श्रेष्ठले हाइली हिल इन्टरटेनमेन्ट प्रालि नामक प्रोडक्सन कम्पनी खोलेर फिल्म ‘सोल सिस्टर’ को ट्रेलर र कलाकार सार्वजनिक गरेकी छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले कम्पनीसँगै फिल्मको ट्रेलरको पनि शुभारम्भ गरे ।
फिल्मकी अभिनेत्री तथा निर्मात्री नम्रताले कम्पनीले म्युजिक भिडियो तथा फिल्म निर्माणमा ध्यान दिने बताईन् । जनवरी १५ बाट प्रदर्शनमा आउने फिल्ममा नम्रतासहित दीपक शर्मा, शकुन्तला वैद्य, राजेश हमाल, रविना देशराज लगायतका कलाकारको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक प्रशान्त रसाइली हुन् ।
कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोला
नम्रताका अनुसार अन्य निर्माताको फिल्ममा काम गर्दा भने जस्तो भूमिकामा नपाएपछि उनले आफै निर्माण कम्पनी खोलेकी हुन् । ‘यो फिल्म सस्पेन्स र थ्रिलर शैलीको छ ।’नम्रताले भनिन् । अभिनेता हमालले फिल्ममा छोटो भूमिका भए पनि राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताए ।
