नम्रताको सांगीतिक नम्रता


Namrata-ALbumग्ल्यामर नेपाल, काठमाडौ ।
गायिका नम्रता काफ्ले खरेलले डेब्यु सोलो एल्बम ‘नम्रता’ श्रोतामाझ ल्याएकी छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सिचाई मन्त्री एनपी साउद, गीतकारद्वय किरण खरेल र डा. कृष्णहरि बरालले संयुक्त रुपमा एल्बमको विमोचन गरे ।

एल्बममा गीतकार किरण खरेलको सोलो रचना छ भने संगीत दीपक शर्मा र हरि लम्सालले भरेका छन् । एल्बममा ‘बादल झैं’, ‘फूल बनी’, ‘मै राम्री’, ‘तिमी छौं’ र ‘सानो कुरा’ बोलका गीत छन् । कार्यक्रममा निर्देशक विधान कार्की र भुषण दाहालले निर्देशन गरेको ‘बादल झैं’ र ‘तिमी छौं’ गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

SUBSCRIBE 👉