आस्मा र निशाको बीचमा एक्ला संयम


ग्ल्यामर नेपाल, काठमाडौं । आगामी पौष २५ गतेबाट रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘आभाष’को फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक तीन पोष्टरमा अभिनेता संयम पुरी, सलोन बस्नेत, आस्मा डीसी, निशा अधिकारीलाई देख्न सकिन्छ ।

aavash-poster-2भोलिलाई लिएर नडराऊ र विगतलाई बिर्सेर वर्तमानमा बाँच भन्ने सन्देश बोकेको फिल्मका निर्देशक चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेल हुन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्मित फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । फिल्ममा रविन्द्र खड्का र सुनिल रावललगायतको अभिनय हेर्न पाईन्छ ।

aavash-poster-1फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा फिल्मको कथा लेखेका हुन् ।

SUBSCRIBE 👉