होमवर्क आर्यनको दोहोरो भूमिका


Aaryan Sigdelग्ल्यामर नेपाल, काठमाडौं ।
गोपीकृष्ण मुभिजले मंगलबार घोषणा गरेको फिल्म ‘होमवर्क’मा अभिनेता आर्यन सिग्देल दोहोरो भूमिकामा देखिने भएका छन् । निरक पौडेलले निर्देशन गर्ने फिल्ममा आर्यन बाबु र छोराको भूमिकामा देखिन लागेका हुन् । कार्यक्रममा फिल्मको पहिलो अनुहार सार्वजनिकसँगै अभिनेता आर्यनको फिल्मी लुक पनि सार्वजनिक गरिएको थियो ।

फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता विजय लामा, अभिनेत्री गौरी मल्ललगायतको अभिनय रहनेछ । सम्भवत बिहीबारबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, डा. कृष्णहरि बरालको गीत, रुपक डोटेलको स्वर, कविराज गहतराजको नृत्य, शिवम अधिकारीको पटकथा र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । यसअघि फिल्म ‘कुसुमे रुमाल २’बाट निर्देशनमा डेव्यु गरेका निर्देशक पौडेलले कुनै पनि काम गर्नु भन्दा अघि सही तरिकाले गृहकार्य गर्न सकेमा हरेक काम राम्रो हुने कथा फिल्ममा प्रस्तुत गरिने बताए ।

कार्यक्रममा गोपीकृष्ण मुभिजले केही फिल्मकर्मी र केही गैर फिल्मकर्मीसँग सहकार्य गर्दै सन् २०१५ मा सात वटा फिल्म निर्माण गर्ने घोषणा गरियो । जसमा अभिनेत्री करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, निर्देशक गणेशदेव पाण्डेसँगै भैरव सापकोटा र दुई बंगलादेशी फिल्म निर्माता छन् । बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीव(एनएफडीसी)को सभाकक्षमा गरिएको कार्यक्रममा गोपीकृष्णका संस्थापक अध्यक्ष उद्धव पौडेलले एनएफडीसी एनलग सिष्टमबाट पूर्ण रुपमा डिजिटल प्रविधिमा प्रवेश गरेको घोषणा गरेका थिए ।

यसअघि बलिउड र हलिउडका फिल्मको वितरण गर्दै आएको गोपिकृष्णले नेपाली फिल्म पनि अबबाट वितरण गर्ने जनाएको छ । जसअनुसार उनले चैत्र २७ गतेबाट फिल्म ‘सेतो बाघ’को वितरण गर्नेछ ।

SUBSCRIBE 👉