दुई दिनमा २५ लाखले हेरे रोय ट्रेलर


Roy-Movieरणवीर कपुर र अर्जुन रामपालले अभिनय गरेको फिल्म ‘रोय’को ट्रेलर दुई दिनमा २५ लाख भन्दा बढीले हेरेका छन् । ट्रेलर १७ डिसेम्बरमा सार्वजनिक भएको थियो ।

रोमान्टिक थ्रिलर शैलीको फिल्ममा अभिनेत्री ज्याकुलिन फर्नान्डिज दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा उनी फिल्म निर्देशक आयशा र कलाकारिता मनपराउने महिला पात्रको भूमिकामा देखिनेछिन् । तीन मिनेटको ट्रेलरमा रहस्यमयी दुनियाँ प्रस्तुत गरिएको छ ।

विक्रमाजीत सिंहले निर्देशन गरेको फिल्ममा रणवीर चोरको भूमिकामा र अर्जुन लेखकको भूमिकामा छन् । फिल्म आगामी फेब्रुअरी १३ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉