आभाषको हल ट्रेलर सार्वजनिक


Salon Ashmaग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी पौष २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आभाष’को हल ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा संयम पुरी, सलोन बस्नेत, आस्मा डीसी, निशा अधिकारीलगायतले फिचरिङ गरेका छन् ।

भोलिलाई लिएर नडराऊ र विगतलाई बिर्सेर वर्तमानमा बाँच भन्ने सन्देश बोकेको फिल्मका निर्देशक चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेल हुन् । कार्यक्रममा निर्देशक पौडेलले फिल्मले युवापुस्ताको कथालाई समेटेको बताए भने निर्माता गोविन्द शाहीले अघिल्ला फिल्ममा भन्दा आभाषमा धेरै राम्रो काम गरिएको दाबी गरे । फिल्मका कलाकार आस्मा र सलोनले फिल्ममा काम गर्दाको अनुभव सुनाएका थिए ।
Govinda Shahiग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्मित फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । फिल्ममा रविन्द्र खड्का र सुनिल रावललगायतको अभिनय हेर्न पाईन्छ । फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा फिल्मको कथा लेखेका हुन् ।

SUBSCRIBE 👉