अवार्ड विजेतालाई नेफ्टाको प्रमाणपत्र


Nefta-Awardग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)ले गत कार्तिक ३ गते हङकङमा आयोजना गरेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’का विजेताहरुलाई राजधानीमा एक कार्यक्रम गर्दै प्रमाणपत्र प्रदान गरेको छ । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विजेताहरुलाई प्रमाणपत्र दिएका थिए ।

कार्यक्रममा सञ्चारमन्त्री रिजालले चाँडै नै चलचित्र नीति सरकारले ल्याउने जनाउँदै केही थप सुझाव दिनु परेमा चाँडै नै मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गरे । संघका अध्यक्ष मनोज केसीले आगामी वर्षको अवार्डलाई अझ भव्य रुपमा सम्पन्न गरिने बताए ।

हङकङमा अवार्ड सम्पन्न गराउन सक्रिय निर्माता सुनिलकुमार थापाले विदेशमा अवार्ड गर्दा नेपाली फिल्मको बजार पनि विस्तार हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल विज्ञापन संघको नयाँ कार्यसमितिलाई स्वागत र सम्मान गरिएको थियो ।

SUBSCRIBE 👉