डा. रणजितको ‘जिवनपथ’


jeewanpathग्ल्यामर नेपाल, काठमाडौ ।
डा. रणजित कुमार झाको शब्द, संगीत र स्वर रहेको तेस्रो एल्बम ‘जीवनपथ’ सार्वजनिक भएको छ। संगीतकार संंघ नेपालले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ संगीतकर्मी दिपक जंगम, डा. भोला रिजाल र डा. अरुण सायमीले पानसमा दिप प्रज्वलन गरी एकसाथ एल्बमको विमोचन गरेका थिए।

संगीतकार संघ नेपालका अध्यक्ष संगीतकार लक्ष्मण शेषको अध्यक्षतामा भएको कार्यक्रममा विमोचित एल्बमको बारेमा समिक्षा गर्दै वरिष्ठ संगीतकार सुरेश अधिकारीले डा. रणजित कुमार झा को एल्बमका गीतहरु हेर्दा पछिल्लो नेपाली साङगीतिक बजार बुझेको स्रष्ठाको रुपमा पाएका बताए। कार्यक्रममा एल्बममा समावेश एक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।

एल्बममा बसी बसी, सरी माई बाबा, जीवन पथ, हिड्नु छ, जीउन बहुत र रातकी रानी बोलको गीत समावेश गरिएको छ। एल्बमका सबै गीतहरु महाराज थापाले एरेञ्ज गरेका हुन् भने एल्बमलाई सुर्यान्स म्युजिक कम्पनीले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉