नायिकाको जन्मदिनमा निर्माताले दिए नयाँ चलचित्र उपहार


Shilpa Pokhrel Birthdayग्ल्यामर नेपाल, काठमाडौँ ।
नायिका रेखा थापासंग अलग भएका निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेललाई निकै प्राथमिकताका साथ प्रस्तुत गर्न थाले पछि यसै बिषयलाइ लियर नेपाली सिने क्षेत्रमा निकै टिका टिप्पणी हुन थालेको छ। केहि समय अघि पनि उनीहरुको विबाहहुने खबरले सिने बजार निकै तातिएको थियो।

यसै क्रममा निर्माता छविले आफ्नो चलचित्रकी नायिका शिल्पा पोख्रेलको जन्मदिन अवसर पारेर आफ्नो पछिलो सिनेमा ‘हवल्दार सुन्तली’को म्यूजिक सार्बजनिकिकरण कार्यक्रम गरेका छन्। कार्यक्रममा छविले शिल्पालाई सप्राईज दिदै बर्थडे केक काटेर खुशी बनाए। कार्यक्रममा छविले नायिका शिल्पालाई जन्मदिन उपहार स्वरूप आफ्नो नयाँ प्रोजेक्ट “किस्मत २” का लागि नायिकारुपमा शिल्पालाइ नै लिने घोषणा समेत गरे।

यसरी मनाए निर्माताले नायिकाको जन्म दिन – तस्विरहरु हेर्नुहोस्

चैत्र २७ देखि प्रर्दशनमा आउँन लागेको हवल्दार सुन्तलीको म्यूजिक लन्च कार्यक्रममा दुई हिरो किशोर खतिवडा र सविन श्रेष्ठले अभिनय गरेको छुट्टाछुट्टै भिडियो गीत पनि सार्वजनिक गरिएको थियो। चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। छविराज प्रोडक्शनले गुण सिनेमासँग मिलेर यो चलचित्रको निर्माण गरेका हो।

SUBSCRIBE 👉