‘एभरेष्ट’को सुटिङका लागि इटली उडे विजय


vijay-lama-actot-and-pilot-2ग्ल्यामर नेपाल, काठमाडौं । हलिउड फिल्म ‘एभरेष्ट’को सुटिङका लागि अभिनेता विजय लामा इटली उडेका छन्। सन् १९९६ मे १० मा सगरमाथामा आएको हिम पहिरोका कारण ज्यान गुमाएका ८ विदेशी नागरिकको कथामा निर्मित यो चलचित्रमा उनी कर्णेल मदन केसीको भूमिकामा देखिएका छन्। बाल्टासर कोरमाकार निर्देशित फिल्मको थप सुटिङका लागि उनी आइतबार साँझ इटली हानिएका हुन्।

vijay-lama-actot-and-pilot‘एभरेष्ट’मा हलिउडका दुई चर्चित अभिनेता जोस ब्रोलिन र जेसन क्लार्कको पनि अभिनय रहेको छ। फिल्मको धेरैजसो छाँयाकन नेपालमै गर्ने निर्माण पक्षको योजना थियो तर मौसमले साथ नदिएपछि निर्माण पक्षको योजना सफल हुन सकेन्। सोही कारण मुख्य-मुख्य सिन सुटिङ गरेर कोरमाकार आफ्नो जम्बो टोलीका इटली गएका हुन्। विजयको अभिनय रहेका कारण यो चलचित्रले नेपालमा अत्याधिक चर्चा पाएको छ। उनले निर्वाह गरेको भूमिका निकै चुनौती पूर्ण रहेको बताइएको छ।

SUBSCRIBE 👉