पीकेको सिक्वेलमा आमिरको चासो


Aamir-Khanबलिउडका मिस्टर परफेक्शनिष्ट आमिर खानले फिल्म ‘पीके’को सिक्वेलमा काम गर्ने चाहना व्यक्त गरेका छन् । फिल्मका निर्देशक राजकुमार हिरानीले सिक्वेल बनाएमा आफु प्रमुख भूमिकामा अभिनय गर्ने सोचाईमा रहेको उनले खुलाए ।

फिल्मको सिक्वेल बन्ने सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा आमिरले भनेका छन्,‘यो विषयमा तपाईहरुले राजकुमार हिरानीसँगै सोध्नुपर्ने हुन्छ कि उनीमा फिल्मको सिक्वले बनाउने विषयमा दिलचस्पी छ कि छैन भनेर । यदि उनले बनाए भने म आफै त्यसमा काम गर्न चाहन्छु ।’

फिल्मको क्लाइमेक्समा आमिरका साथ अभिनेता रणवीर कपुर पनि देखिएपछि फिल्मको सिक्वेल बन्ने अनुमान गरिएको छ । जुन कुराको पुष्टि स्वयं आमिरले आंशिक रुपमा गरेका छन् । ‘सायद राजकुमार हिरानी पीकेको सिक्वेलमा मलाई र रणवीर दुवैलाई खेलाउने सोचमा हुनुहुन्छ ।’आमिरले भनेका छन् ।

SUBSCRIBE 👉