पुजना फेरि राजुको फिल्ममा, शुभेच्छा पनि छुटीनन्


pujana-stri-pujana-pradhanग्ल्यामर नेपाल, काठमाडौं । चलचित्र क्षेत्रबाट विस्तारै पलायन हुँदै गएकी नायिका पुजना स्त्री एक नयाँ चलचित्रमा देखिने भएकी छिन्। एभरेष्ट इन्टरटेमेन्ट युएईको प्रस्तुति रहने ‘युवराज’मा उनलाई देख्न पाइने भएको छ। राजु गिरीले निर्देशन गर्ने यो चलचित्रमा जीके शर्मा र शुभेच्छा थापाको पनि अभिनय रहने छ। पछिल्लो समय फिल्मीनगरीमा शुभेच्छा र राजुको ‘निकट सम्बन्ध’ले निकै चर्चा पाइरहेको छ। आफ्ना हरेक चलचित्रमा राजुले शुभेच्छालाई काम गराउन थालेका छन्। ‘युवराज’को मुख्य भूमिकाको लागि विराज भट्ट र निशा अधिकारीसँग कुरा भइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको अधिकांश भाग युएईको दुबईमा छायांकन हुनेछ।

suvekshya-thapa-1राजुले पुजनालाई ‘युवराज’मा नयाँ लुक्समा उतार्ने बताएका छन्। यद्धपी उनीहरुबीच यस अगाडी नै लफडा परिसकेको छ। चलचित्र ‘रक्षा’मा राजुले चिट गरेर पुजनाको ब्याक टप लेस फोटो सार्वजनिक गरेपछि ठूलो हगांमा मच्चिएको थियो। सोही कारण पुजना फिल्मको प्रमोशनमा देखिइनन्। यही फिल्मले उनीहरुको सम्बन्ध विच्छेद भएको थियो तर अहिले पुजना फेरि राजुकै फिल्ममा अभिनय गर्न तयार हुनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ। यो फिल्मले भने उनीहरुको सम्बन्ध सुधार्छ वा अझ बिगार्छ, हेर्न बाँकी छ।

‘युवराज’को पटकथा र सम्वाद सरोज प्याकुरेलले तयार गरेका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, सञ्जय लामाको छायाँकन रहने छ। चलचित्रले युएईमा रहेका नेपाली डनहरुको कथा भन्ने बताइएको छ। यहीबीचमा भुल्न नहुने कुरा के हो भने राजुले घोषणा गरेका धेरै चलचित्रको सुटिङ नै नभएकोले ‘युवराज’को विषयमा शंका पैदा भएको छ।

SUBSCRIBE 👉