आस्था बनिन् किङफिसर मोडल


ग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली मोडल आस्था पोखरेलले भारतीय च्यानल एनडीटिभी गुड टाइम्सको कार्यक्रम ‘किगंफिसर सुपरमोडल २’को उपाधि चुमेकी छन् । उपाधिसँगै उनले चर्चित किंगफिसर क्यालेन्डरको २०१५ संस्करण आवरणमा छाउने मौका पाएकी छन् । १९ वर्षीया आस्था नर्सिङकी विद्यार्थी हुन् ।
Astha-Pokharel
६ हप्तासम्म चलेको सिरिजमा उनले नौ स्वदेशी एवं विदेशी मोडललाई उछिनेकी थिईन् । मोडलहरुलाई बलिउड अभिनेत्री नेहा धुपियाले प्रशिक्षण दिएकी थिइन् । एसिया नेक्स्ट मोडलमा सहभागिता जनाईसकेकी आस्था चार वर्षअघि मात्र मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । नेहाले आस्थालाई बधाई दिँदै उनको करियरको शुभकामना दिएकी छन् ।

बलिउडको मोडलिङमा प्रतिष्ठित मानिने यो प्रतियोगितामा सहभागिता जनाएर अभिनेत्रीहरु क्याट्रिना कैफ, दिपिका पादुकोण, याना गुप्ता, उज्वला राउत, नरगिस फकरी, लिजा हेडन फिल्म क्षेत्रमा चम्किएका छन् । आस्थाले आफु प्रतियोगिताको विजेता बन्दा निकै खुशी लागेको प्रतिक्रिया दिएकी छन् ।

SUBSCRIBE 👉