आभाषका लागि हलेसी महादेव पुगे संयम


ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म बनेपछि त्यसले व्यापारिक रुपमा राम्रो गरोस् भन्ने निर्माता तथा निर्देशकको चाहना हुन्छ नै, यसमा कलाकारको करियरको कुरा पनि सँगै आउने गर्दछ । फिल्म राम्रो चलेमा त्यसै अनुसार कलाकारको अन्य फिल्ममा अभिनय गर्ने बाटो पनि फराकिलो हुँदै जान्छ । नेपाली फिल्मका निर्माता हुन् या निर्देशक हुन् अथवा कलाकार नै किन नहुन् फिल्मको सफलताका लागि मन्दिरमा पुग्ने गरेका कैयन उदाहरण छन् । यसै उदाहरणलाई पछ्याउँदै आगामी पौष २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘आभाष’का प्रमुख कलाकार संयम पुरी पनि फिल्मको सफलताका लागि प्रार्थना गर्न खोटाङको हलेसी महादेवको मन्दिर पुगेका छन् ।
Samyam-Puriयसै साता त्यहाँ पुगेका संयमले मन्दिर अगाडि उभिएर एक हातमा पुजाको थाली र अर्को हातमा फिल्मको पोष्टर बोकेको तस्वीर आफ्नो फेसबुकमा हालेका छन् । फिल्म ‘सायद’बाट नायकका रुपमा डेब्यु गरेका संयम नेपाली फिल्ममा युवा पुस्ताका हट केक मानिन्छन् । उनले आफुले फिल्मको सफलताको लागि भगवानसँग प्रार्थना गरेको बताए । भोलिलाई लिएर नडराऊ र विगतलाई बिर्सेर वर्तमानमा बाँच भन्ने सन्देश बोकेको फिल्मका निर्देशक चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेल हुन्।

ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्मित फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । फिल्ममा संयमसहित आस्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी, प्रकृति श्रेष्ठ, रविन्द्र खड्का र सुनिल रावललगायतको अभिनय हेर्न पाईन्छ । फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा फिल्मको कथा लेखेका हुन् ।

SUBSCRIBE 👉