अनिताको नजरमा आर्यन सहयोगी, सुवास घमण्डी


Anita-Acharyaग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘सरी ल’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका अनिता आचार्य अभिनित अर्को फिल्म ‘अलबिदा’को प्रदर्शनको तयारीमा छ । पौष २५ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा उनले मुस्लिम युवतीको भूमिका निभाएकी छन् ।

अनिताले हालैको भेटमा फिल्मको अनुभव सुनाएकी थिईन् । उनले फिल्ममा अभिनेता आर्यन सिग्देलसँग काम गर्न निकै सजिलो भएको बताईन्, जबकि अघिल्लो फिल्ममा अभिनेता सुवास थापासँग त्यति सहज महशुस गरेकी थिईनन् रे । ‘आर्यनजी एकदमै सहयोगी भावनाको लाग्यो, अभिनयको तरिका सिकाउनु हुन्थ्यो, हरेक कुराको ख्याल गर्नुहुन्थ्यो,’अनिताले भनिन्,‘सुवासजीमा चाहिँ आर्यनजीको जस्तो गुण देखिन्, उहाँ अलिक घमण्डी किसिमको लाग्यो ।’
Anita-Acharya-1अनिताले फिल्ममा मुस्लिम भूमिकामा अभिनय गर्दा कुनै अप्ठ्यारो नलागेको जनाईन् । ‘यो फिल्म खेल्नु अघि मैले मस्जिदमा गएर विविध विषयमा जानकारी लिएको थिएँ,’अनिताले भनिन्,‘जसले गर्दा पनि फिल्ममा काम गर्दा सहज भयो।’ फिल्ममा उनले अभिनेता आर्यन र अर्का अभिनेता तथा निर्माता हसनराजा खानसँग रोमान्स गरेकी छन् । फिल्मका निर्देशक लक्ष्मण रिजालका अनुसार फिल्म अनिताको पात्र वरीपरी घुमेको छ ।

फिल्ममा नागेन्द्र रिजाल, मोहन निरौला, पंकजराज जोशी, सुरेश न्यौपाने र शर्मिला खड्काको पनि अभिनय रहेको छ । केशव घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा हसनको कथा, लक्ष्मण र विशाल सापकोटाको पटकथा, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉