लोग्ने मान्छेको अडियो सार्वजनिक


Logne-manchhe-Album-Launching-1ग्ल्यामर नेपाल, काठमाडौं ।
पुराना अभिनेता तथा निर्देशक लय संग्रौलाद्वारा निर्देशित फिल्म ‘लोग्ने मान्छे’को अडियो विमोचन गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा निर्देशक संग्रौलासहित, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, कलाकार संघका महासचिव रामकेशर बोगटी, उपाध्यक्ष लक्ष्मी गिरी, वितरक गोपाल कायस्थ, संगीतकार चेतन सापकोटालगायतले विमोचन गरे ।

संगीतकार सापकोटाको सोलो संगीत रहेको फिल्ममा ‘हे लोग्ने मान्छे’, ‘यो आँखाले रोजेको’, ‘तिमी भरी पोखिएछु’ र ‘विच्छीले डस्यो मलाई’ बोलका गीत छन् । गीतमा अञ्जु पन्त, दीपक लिम्बु, माण्डवी त्रिपाठी, स्वरुप राज आचार्य र इन्दिरा जोशीको स्वर रहेको छ भने लयको शब्द रहेको छ ।

Logne-manchhe-Album-Launching-2

आगामी माघ २३ गतेबाट रिलिज हुने फिल्ममा दिलिप रायमाझी, नन्दिता केसी, निक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, ध्रुव कोइराला, संगीत लिम्बु, अञ्जु थापा, विमला गिरी, रिश्मा थापा र लय संग्रौलालगायतको अभिनय रहेको छ । प्रदीप मित्तलको लगानी रहेको फिल्ममा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, वनिश शाहको सम्पादन र कृष्ण श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉