रातो घर निर्माण गर्दै तक्मे बुढा


Wilson Bikram Raiग्ल्यामर नेपाल,
तक्मे बूढाको नामले परिचित चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई चलचित्र निर्माता बनेका छन्। उनले निर्माण गर्न लागेको फिल्मको टाईटल ‘रातो घर’ रखिएको छ। कमेडी, एक्सन र थ्रीलर कथामा बन्न लागेको फिल्मको छायाँकन यही साताबाट शुरू हुने भएको छ। सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने फिल्ममा निकेश लिम्बुको समेत लगानी रहने छ। फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन्। फिल्ममा हरि लामाले खिच्ने भएका छन्।

विल्सन कै मुख्य भुमिका रहने फिल्ममा गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, बिकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बु लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ।

SUBSCRIBE 👉