सुदर्शनले पुजाको हात चुम्दा खुल्यो अझै पनि अनुहार


Sudersan-Thapa-Pooja-Sharmaग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म प्रोमोशन गर्ने कलाकारको शैली आफ्नै हुन्छ । कोही स्क्याण्डल मच्चाउछन् त कोही मिडियाकै अगाडि खुलेआम प्रेम दर्शाउछन् । आगामी फागुन १५ गतेबाट रिलिज हुने फिल्म ‘अझै पनि’ ले पनि आफ्नो फष्टलुक यस्तै किसिमको नयाँ प्रस्तुति दिएर सार्वजनिक ग¥यो । फिल्मका निर्माता तथा अभिनेता सुदर्शन थापाले अभिनेत्री पुजा शर्मालाई फिल्मी संवाद बोलेर हात चुमेको केही समय बित्न नपाउँदै फष्टलुक सार्वजनिक भएको थियो ।

स्वर्गीय निर्देशक आलोक नेम्बाङको अन्तिम निर्देशनको यो फिल्मको कार्यक्रममा उनीलाई सबैले ‘मिस’ गरेका थिए । अभिनेता सुदर्शनले निर्देशक आलोक सम्झेर भावुक बन्नु भन्दा पनि उनको कोशेलीलाई कसरी आम दर्शकसम्म पु¥याउने विषयमा सोच्न सञ्चारकर्मी र फिल्मकर्मीलाई आग्रह गरे । ‘उहाँको सम्मानका लागि हाम्रै मितिमा प्रदर्शन हुन लागेको अर्को फिल्म पछाडि सरेको केही समय बित्न नपाउँदै अर्को फिल्मले त्यही मितिमा रिलिज गर्ने अडान लिएको छ,’सुदर्शनले भने,‘त्यसकारण यो माहौलमा हामी फिल्म जुधाउनु भन्दा पनि एकापसमा मिलेर जाने बेला आएको छ ।’ ‘अझै पनि’को रिलिज मितिमा अर्को फिल्म ‘पुनर्जन्म’ आए पनि यो फिल्मले आलोकको सम्मानका लागि फागुन २२ मा रिलिज हुने घोषणा गरिसकेको छ भने फागुन १५ मै अर्को फिल्म ‘मिसन पैसा रिलोडेड’ले प्रदर्शनका लागि पब्लिसिटी शुरु गरिसकेको छ ।

Sudarsan-Thapa-Pooja-Sharmaफिल्मर्की अर्की निर्मात्री पुनम गौतमले पनि आलोकको कामको सम्मान गरिदिन आग्रह गरिन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले फिल्म जुध्ने परम्परालाई रोक्न आफुले पहल गर्ने आश्वासन दिए । कार्यक्रममा फिल्मको पहिलो ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्ममा मिथिला शर्मा, विजय लामा र रामशरण पाठकको पनि अभिनय रहेको छ । फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज शिवाकोटी र सचिन सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहेको छ ।

Sudarsan-Thapa-Poonam-Gautam

SUBSCRIBE 👉