टिनएज विद्यार्थीमाझ पुग्यो आभाष


Ashma-DCग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी पौष २५ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘आभाष’ले आफ्नो प्रचारप्रसार अभियानलाई अब कलेजका छात्रछात्रामाझ पु¥याएको छ । विशेष टिनेजका युवायुवतीलाई लक्षित गरेर बनाईएको यो फिल्मले हलमा दर्शक तान्नका लागि कलेजका विद्यार्थीमाझ प्रोमोसन अभियान पु¥याएको हो ।

फिल्मका निर्माता गोविन्द शाहीका अनुसार प्रमोसनका लागि कलाकार सलोन बस्नेत, आस्मा डिसी, सुनिल रावल र स्वयं निर्माता शाही मंगलबार राजधानीको नयाँबानेश्वरस्थित नोबेल एकेडेमी पुगेका थिए । ‘टिनेज टार्गेट मुभी भएसँगै हलमा विशेषत युवा दर्शकहरुको आगमन बढी होस् भनेर कलेजलाई लक्षित गरेका हौं,’निर्माता शाहीले भने,‘उनीहरुले फिल्मको गीत र प्रोमो मनपराएका रहेछन्, सलोन र संयमको यसअघिका फिल्म हेरेकाले पनि उनीहरुले आभाषलाई साथ दिने प्रतिबद्धता जनाए ।’ कलेजमा फिल्मको टोलीले फिल्मको स्टिकर बाँडेको थियो ।
Salon-Basnetनिर्माता शाहीले फिल्म रिलिजको अवधिसम्म उपत्यकाका १५ देखि १६ वटा कलेज पुगेर प्रमोसन गर्ने बताए । ‘कलेजका प्राध्यापकहरुले पनि फिल्मप्रति चासो राख्दै हेर्न उत्सुक भएको बताए,’उनले भने,‘अन्य आफ्ना साथीहरुलाई फिल्म हेर्न सुझाव दिने जनाउनुभयो ।’ शाहीका अनुसार अब फिल्मको टोली राजधानीका युनाइटेड, क्यास्पियन, लिटिल एञ्जल्ससहित विभिन्न कलेजमा जानेछ । यसअघि फिल्मका प्रमुख कलाकार संयम पुरी फिल्मको सफलताको कामना गर्न खोटाङको हलेशी महादेव पुगेका थिए ।
Govinda-Shahiभोलिलाई लिएर नडराऊ र विगतलाई बिर्सेर वर्तमानमा बाँच भन्ने सन्देश बोकेको फिल्मका निर्देशक चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेल हुन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्मित फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । फिल्ममा संयमसहित आस्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी, प्रकृति श्रेष्ठ, रविन्द्र खड्का र सुनिल रावललगायतको अभिनय हेर्न पाईन्छ । फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा फिल्मको कथा लेखेका हुन् ।

SUBSCRIBE 👉