शाली नदीमा झोलाको प्रदर्शन


Jhola-Nepali-Movie-6ग्ल्यामर नेपाल, काठमाडौं ।
शाली नदीमा गएर स्वस्थानीको ब्रत बस्ने महिलाहरुले फिल्म ‘झोला’ हेर्न पाउने भएका छन् । फिल्मका निर्देशक यादव भट्टराईका अनुसार स्थानीय संस्थाको सहयोगमा फिल्म प्रदर्शन गर्न लागिएको हो ।

पुष २१ गतेदेखि लाग्ने एक महिने मेलामा फिल्म देखाइनेछ । ‘स्वस्थानीको बेला महिलाहरुले मनोरञ्जन पनि पाउन भनेर फिल्म देखाउन लागेका हौं ।’ निर्देशक भट्टराईले भने । गरिमा पन्त, देशभक्त खनाल, दिपक क्षेत्री, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मले करिब सय वर्ष अघिको समाजलाई प्रस्तुत गरेको छ ।

पति मरेपछि सती जाने महिलाको कथा प्रस्तुत भएकाले पनि फिल्म प्रति महिलाको चासो बढेको निर्माता राज तिमिल्सिनाले बताए । फिल्म युनिटले वैशाखको दोस्रो सातामा देशभरका हलमा पुनः प्रदर्शनको योजना पनि बनएको छ ।

SUBSCRIBE 👉