दीपिका र फ्रिडाको अनुहार सर्वाधिक सुन्दर


Deepika-Fridaबलिउड अभिनेत्री दीपिका पादुकोण र हलिउड अभिनेत्री फ्रिडा पिन्टो विश्वका सय राम्रा सुन्दरीको सूचीमा परेका छन् । एनुअल इण्डिपेण्डेण्ट क्रिटिक्सका क्रिएटर टीसी कैंडलरले सार्वजनिक गरेको सूचीमा अदिति राव हैदरी पनि परेकी छन् ।

समाचार अनुसार दीपिकाको लोकप्रियता फ्रिडाको भन्दा निकै धेरै छ । दीपिका बलिउडमा हिट बन्दै गईरहेकी छन् भने फ्रिडा भने आफ्नो युनिक स्टाइल र रेड कार्पेट प्रस्तुतिका कारण विदेशमा चर्चित बनिरहेकी छन् । फ्रिडा हालै प्रेमी देव पटेलसँग ब्रेकअप गर्दै सिद्धार्थ माल्यासँग जोडिन पुगेपछि चर्चित बनेकी थिईन् ।

SUBSCRIBE 👉