नन्दितालाई घुमाएर दिलिपको प्रेम प्रस्ताव


Nandita and Dilipग्ल्यामर नेपाल, काठमाडौं ।
पारिवारिक प्रेमकथा समेटिएको फिल्म ‘लोग्ने मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । श्रीमान श्रीमतीबिचको प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको फिल्ममा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् ।

प्रदीप मित्तलको निर्माणमा तयार भएको फिल्म लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चर्चित लयको यो डेब्यु निर्देशन हो । उनले फिल्मले पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरेको बताए ।

आगामी माघ २३ गतेबाट रिलिज हुने फिल्मका परिकल्पनाकार उत्तम केसी हुन् । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व र वनिश शाहको सम्पादन छ ।

SUBSCRIBE 👉