संयमको अंगालोमा रमाउँदै आस्मा


Samyam-Ashmaग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी पुष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आभाष’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘तिम्रो अंगालोमा’ बोलको गीतमा अभिनेता संयम पुरी र आस्मा डिसीले फिचरिङ गरेका छन् । गीतमा इमिना सिंह र सुमिनाको स्वर, सुजेन्द्र डी कार्कीको शब्द र संगीत रहेको छ । कोरियोग्राफी भने गम्भिर विष्टको रहेको छ ।

चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, रविन्द्र खड्का, प्रकृति श्रेष्ठ र सुनिल रावललगायतका कलाकारको अभिनय हेर्न पाईन्छ । फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ ।

ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्मित फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको कथा सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा लेखेका हुन् ।

तिम्रै अँगालोमा… बोलको भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉