‘म गर्भवती भएकी छैन’


हलिउड रियालिटी टीभी अभिनेत्री किम कार्दासियनले आफु गर्भवती भएको हल्ला अनावश्य रहेको बताएकी छन् । उनले हालै ट्वीटरमार्फत आफु गर्भवती नभएको कुरा बताएकी हुन् ।
kim-kardashian‘मैले धेरै अगाडि देखि नै गर्भवती भएको हल्ला सुनेको छु, तर यो सबै हल्ला मात्र हो,’३४ वर्षीया अभिनेत्रीले भनेकी छन्,‘म गर्भवती भएकी छैन ।’ कान्ये वेष्टसँग विवाह गरेकी उनको नार्थ वेष्ट नामकी छोरी छन् ।

किमले परिवार संख्या बढाउनेमा सोचिरहेको पनि सञ्चारमाध्यमले जनाएका छन् । यसअघि पतिसँग झगडा भएको भन्ने हल्ला पनि निराधार रहेको उनले बताएकी छन् ।

SUBSCRIBE 👉