अधकट्टीमा गौरव–रिस्ताको यस्तो रोमान्स


Gaurav-Ristaग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी जेठ १४ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘अधकट्टी’ को पहिलो गीत सार्वजनिक भएको छ । राजन इसान र सुवानी मोक्तानको स्वर रहेको ‘ओए ओहो’ बोलको गीतमा अभिनेता गौरव पहारी र अभिनेत्री रिस्ता बस्नेतले रोमान्स गरेका छन् । रञ्जीत आचार्यको रचना र राजन इसानकै संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् रोमान्स तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्मले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ ।

सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । फिल्मको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा ग्ल्यामर नेपाल रहेको छ ।

SUBSCRIBE 👉