आमिर खान अभिनित फिल्म पि.के को बक्स अफिस कलेक्सन लगभग ५०० करोड पुगी सकेको छ भने फिल्मका निर्माता तथा निर्देशक, फिल्म विवादमा तानिएपछि तनाबमा रहेका छन्। फिल्म दुइ साता अघि रिलिज भएको थियो।
निर्देशक राजकुमार हिरानीको यो फिल्मले हिंदु धर्मांबलीहरुको भावना माथि चोट पुर्याएको भन्दै भारतका केहि राजनेता र हिंदु संगठनहरुले फिल्म माथि नै प्रतिबन्ध लगाउन समेत माग गरे। यति मात्र हैन, भारतका केहि धर्म संगठनहरुले त देशका विभिन्न सिनेमाघरहरुमा चलिरहेका शो समेत पनि बंद गराए, हल मालिकलाइ शो बन्द नगरे हलमा आगो लगाइदिने धम्की समेत दिए। यता फिल्म दिनप्रतिदिन अझै विवादास्पद बंदै गइरहेको छ भने उता फिल्मको व्यापारको उचाइ पनि बढदै गइरहेको छ।
सामाजिक संचालहरुमा पनि दर्शकहरु दुइ भागमा बाडिएको देखियो। एक पक्षे फिल्मको सफ़ाइ दिइरहेका थिए भने अर्कोले धर्मको हवाला दिदै फिल्म बहिस्कार गर्न अनुरोध गरिरहेका थिए। योगा गुरु रामदेव बाबाले समेत फिल्म माथि प्रतिबन्ध लगाइ फिल्मका मुख्य पात्र आमिर खानलाइ पनि जेलमा चलान गर्नुपर्ने माग गरे। आजित भएका फिल्मका निर्देशक राजकुमार हिरानीले अंत्यमा एक वक्तब्य सार्बजनिक गरे, जसमा उनले दुख व्यक्त गर्दै आफ़्नो नियति कुनै धर्मांबली को भावना माथि चोट पुर्याउने नरहेको र फिल्मले सत्यता मात्रै देखाउन खोजेको कुरा उल्लेख गरे।
तर नयाँ वर्षको सुरुवात संगै फिल्म माथि उत्पन्न विवादले अलि विश्राम लिएको छ। भारतको उत्तर प्रदेश र बिहार राज्यमा फिल्म कर रहित घोषणा गरिएको छ भने राजनेता र केहि वरिश्ठ धर्म गुरुहरुले फिल्मलाइ सपोर्ट गर्दै सबैले फिल्म अनिवार्य रुपमा हेरिनुपर्ने कुरा गरिरहेका छन। अंत्यमा, फिल्मले कुनै धर्मको विरोध नगरे पनि फिल्ममा देखाइएको केहि दृश्यहरु नै पि.क़े. लाइ विवादको अपवाद बन्ने मुख्य कारण बन्यो।
– राहुल राउत