बिदेशियका गायक रोशन सम्वन्ध गाँस्न स्वदेश फर्किए


Roshan-Gurung-Singer-2ग्ल्यामर नेपाल, काठमाडौँ।’सवै कुरा भन्दा नि पैसा ठूलो छ’ भन्दै अमेरिका भासिएका गायक रोशन गुरुङ एकाएक दरवारमार्गमा झुल्किए । सांगीतिक ग्राफ उकालो चढिरहेकै वेला विदेशिएका यि गायक आफ्ना श्रोतामाझ सम्वन्ध गास्ने सुरसारमा नेपाल फर्केका रहेछन् । ‘नयाँ सांगीतिक कोसेली लिएर फर्केको छु’ उनले सुनाए, ‘यसले मेरो सांगीतिक ग्याप मेन्टेन गर्छ भन्ने विश्वास छ ।’

उनी आफ्नो नयाँ एल्वमको विमोचन गर्ने तिथीमीति मिलाउँदै छन् । ‘यसै साताभित्र रिलिज हुन्छ होला’ निलो जिन्स र कालो टिसर्टमा सजिएका रोशनले थपे, ‘सवै तारतम्य मिलाइरहेको छु ।’ लोक आधुनिक फ्लेवरको ७ वटा गीत समेटिएको एल्वम सहित उनी नेपाल आएका रहेछन् । एल्वम ‘स्नेह’ पछिको चार वर्षे ‘ग्याप मेन्टेन’ गर्न नयाँ एल्वम प्रस्तुत गर्ने जमार्को गरेका हुन्, उनले । पछिल्लो एल्वमको नाम जुराइएको छ- सम्वन्ध ।

केहि वर्षको ग्याप पछि श्रोतासँग सम्वन्ध गाँस्न आएको उनको भनाइ थियो । रोशनले एल्वमको शीर्षकवारे उनले खुलाए, ‘त्यसैले यसको नाम नै ‘सम्वन्ध’ उपयुक्त लाग्यो ।’ यो एल्वमको न्वारान चाहि गीतकार तुलसी वस्नेतले गरेका रहेछन् । २०५६ मा ‘तिम्रो सम्झना’ मार्फत गायकी पहिचान वनाएका रोशनको यो पाँचौ सोलो एल्वम हो ।

रोशनको पोल्टामा ‘रेशमैको पछ्यौरी’, ‘सवैकुरा भन्दा नि पैसै ठूलो छ’, ‘दोभानमा वाढी आयो’, ‘भिज्ला है आँशुले पछ्यौरी’ जस्ता लोकपि्रय गीतको थुप्रो छ । उनी फिल्मी संगीतमा पनि उत्तिकै जमेका थिए । देश-विदेशका थुप्रै स्टेज कार्यक्रमले उनलाई भ्याइ नभ्याइ थियो । यद्यपी आफ्नो सांगीतिक क्यारियरले उचाइ चुमिरहेकै वखत उनी विदेशिए । समय सधै एकनास नरहने र कुनैदिन आफ्नो क्यारियर धरापमा पर्न सक्ने संभावित भयले उनलाई विदेशिन उक्साएको रहेछ । हुनपनि पछिल्लो समय नेपाली संगीतको वजारमा खडेरी लागेको छ । पाइरेसीले ग्रस्त संगीत वजारमा क्यासेटको विक्री ठप्प छ । यहि कारण रोशन जस्तै थुप्रै कलाकार सांगीतिक क्यारियरलाई विट मारेर विदेशिए ।

विदेश गएपनि संगीत साधनामै निरन्तर लागिपरेको उनको भनाइ थियो । ज्याक्सन हाइटमा अवस्थित मालिङ्गो रेष्टुराँमा उनी हरेक सुक्रवार, शनिवार र आइतवार सांगीतिक खुराक पस्कन प्रस्तुत हुन्छन् । उक्त रेष्टुराँमा रोशनसँगै सपनाश्री र जगदीश समालले पनि गाउछन् । त्यस्तै, प्राय हरेक महिना अमेरिकाको विभिन्न स्थानमा कन्र्सटका लागि हाजिर हुने रोशनले सुनाए । ‘त्यहाँका नेपालीहरुले आयोजना गरेको कार्यक्रममा गीत गाइन्छ’ उनले थपे, ‘त्यहाँ लोक फ्लेवरको गीत साह्रै मन पराइन्छ ।’

Roshan Gurung’s Photos


SUBSCRIBE 👉