टेलिभिजनमा देखिँदै अक्षय कुमार


Akshay-Kumarबलिउडका खेलाडी कुमार अक्षय कुमार एक पटक पुनः टेलिभिजनको स्क्रिनमा देखिने भएका छन् । समाचार अनुसार उनी ‘मास्टर शेफ’को सिजन ४ मा मुख्य निर्णायकका रुपमा टेलिभिजनमा देखिन लागेका हुन् । यसअघि अक्षय टेलिभिजन कार्यक्रम ‘खतरों के खिलाडी’, ‘डेयर टू डान्स’ र ‘मास्टर शेफ’ को सिजन १ मा देखिएका थिए ।

मास्टर सेफको कार्यक्रम टिम अक्षयलाई मुख्य निर्णायक बनाएर शोमा ल्याउन अहिले व्यस्त बनिरहेका छन् । ‘अहिलेसम्म उनलाई शोमा ल्याउने प्रयास भइरहेको छ, तर फाइनल नै भईसकेको चाहिँ छैन ।’ टिमका एक सदस्यले भनेका छन् । यो शोमा सञ्जीव कपुर, विकास खन्ना र रणवीर बरार अन्य निर्णायकका रुपमा रहनेछन् ।

अक्षय खाना बनाउन निकै रुचाउँछन् । तर उनी मुख्य निर्णायक बन्न सक्छन् या सक्दैनन् भन्ने तीन निर्णायकको निर्णयमा भर पर्नेछ । जनवरीबाट शुरु हुन लागेको शोको यस सिजन पूर्ण रुपमा शाकाहारी हुनेछ । शोका लागि देशभरबाट केही प्रतियोगीको छनौंट गरिनेछ, जसले शाकाहारी व्यञ्जन बनाएर निर्णायकलाई खुशी पार्न सक्नेछन् ।

SUBSCRIBE 👉