गायक शिवले प्रेमिकासँग भुल गरेपछि


Music-Videoग्ल्यामर नेपाल, काठमाडौ ।
‘म त मर्छु क्यारे’को सफलतापछि संगीतकार नीम संगीतले पुनः अर्को गीत लिएर आएका छन् । शिव परियारको स्वरमा ‘तिमीलाई यी नयनमा’ बोलको गीतमा भास्कर काजीका शब्द रहेका छन् भने नीम संगीतको संगीत संयोजन र संगीत रहेको छ । जुन गीतको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर शिव परियारको रहेको छ ।

नीमले संगीत भरेको ‘अमर प्रेम’ नामक एल्बममा रहेको ‘म त मर्छु क्यारे, तिमी धेरै वर्ष बाँच’ बोलको गीत सुगम संगीतको इतिहासमा अमिट छाप बनेर रहिरहेको छ । यसै क्रममा नीमकै एकल संगीतमा फेरी अर्को एल्बम थपिएको छ ‘अमर प्रेम–२(प्रेमको हत्यारा)’। माथी उल्लेखित शिव परियारको स्वरमा रहेको गीत यसै एल्बममा समावेश छ ।

संगीतकार संगीतका अनुसार प्रमोद खरेलको स्वरमा रहेको ‘प्रेमको हत्यारा’ बोलको गीत पनि सार्वजनिक हुने तयारीमा छ । ‘अमर प्रेम–२ (प्रेमको हत्यारा)’ लाई अमर प्रेम म्यूजिकले बजारमा ल्याएको हो । सिन्चुरी सुरेश घमालको निर्देशन रहेको ‘तिमीलाई यी नयनमा’मा विक्रम, पदम, अक्शिका र विनिताको अभिनय रहेको छ ।

SUBSCRIBE 👉