चोली ल्याउँछुको भिडियो सार्वजनिक


Barsha-Puspग्ल्यामर नेपाल, काठमाडौं ।
गायक मनोज महतोको एल्बम ‘मिश्रण’मा रहेको ‘चोली ल्याउँछु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । साजन शाहको संगीत रहेको यो गीतमा साजन शाह र लेखु सहयात्रीको शब्द रहेको छ ।

म्यूजिक भिडियोमा वर्षा राउत र पुष्प खड्काले मोडलिङ गरेका छन् । सहेन्द्र श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा हरी हुमागाइको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ ।

उनको एल्बममा शितल कादम्बीनी, लेखु सहयात्री, कुमार विवाहित, साजन शाह, बज्ररंग तिवारीको शब्द तथा बसन्त सापकोटा, साजन शाह, राज सागर र गायक स्वयंको सङ्गीत रहेको छ । उनले ‘जंगल लभ’, ‘तृष्णा’, ‘मिसकल’, ‘मेरो मान्छे’लगायतका फिल्ममा स्वर दिइसकेका छन् । उनको एल्बमका गीतमा पप, आधुनिक र राष्ट्रिय गीतको फ्लेबर पाइन्छ ।

SUBSCRIBE 👉