वर्षको अन्त्यमा नेपाली फिल्महरुको महायुद्ध


fulai-ful-ko-mausam-timilai

Nita Dhungana and Amesh Bhandar | Fulai Ful ko Mausam Timilai

ग्ल्यामर नेपाल, काठमाडौँ ।
दिनेश डीसीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रदर्शन मिति तोकिएको छ। डीसीको यो फिल्मलाई धेरैले प्रतिक्षा गरेका छन्। आगामी चैत्र महिनाको २७ गते सार्बजनिक प्रदर्शनमा आउने आधिकारीक जानकारी निर्देशक दीनेश डीसीले दिएका छन्। फिल्ममा नायिका नीता ढुंगाना र नव नायक आमेष भण्डारीको मुख्य भूमिका रहेको छ। फिल्मलाई मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्ने भएका छन्।

seto-baghhawaldar-suntali-resham-filili-poster

Posters: Seto Bagh | Hawaldar Suntali | Resham Filili

सोहि मितिमा छविराज ओझाको ‘हवल्दार सुन्तली’, विकास आचार्यको ‘नाई नभन्नु ल ३’ निर शाहको ‘सेतो वाघ’ र प्रणब जोशी निर्देशित ‘रेशम फिलिली’ प्रदर्शनमा आउने भएको छ। निर्माता छविराज ओझाले यसअघि नै फिल्म ‘हवल्दार सुन्तली’को प्रदर्शन मिति तोकिसकेका थिय। विकास आचार्यको निर्माण र मुस्कान ढकालले निर्देशन गरेको ‘नाई नभन्नु ल ३’ फिल्मको ब्रान्डले गर्दा पनि चल्ने धेरैको अड्कल छ। यो फिल्ममा स्टारहरूको जमघटले पनि दर्शकलाई छुट्टै आकर्षण गर्नेछ। निर्देशक निर शाहको निर्देशनमा बनेको फिल्म ‘सेतोबाघ’ काठमाण्डौका केही हलमा मात्र लाग्ने वुझिएको छ।

Sanchita-luitel-Suraj-SinghThakuri-Nai-Nabhannu-la-3

Sanchita Luitel and Suraj Singh Thakuri | Nai Nabhannu La 3

नयाँ बर्ष २०७२ को शुरुवातमा नेपाली फिल्महरुको द्वन्द नै हुने भएको छ। ठूला ब्यानरका यी ५ फिल्महरुको युद्धले नेपाली फिल्मी क्षेत्रलाई ठुलो घाटा हुने देखिएको छ। नयाँ वर्षको माहोल भएकाले फिल्मबाट राम्रो आम्दानीहुने आशामा फिल्म निर्माताहरु सो मितिमा फिल्म सार्बजनिक प्रदर्शन गर्न लालायित भएका हुन्। तर एकै साथ ५ फिल्महरु प्रदर्शनमा आउँदा कसलाई फाईदा र कसलाई बेफाईदा हुने हो, हेर्न बाँकि छ।

SUBSCRIBE 👉