‘रेखाकै लागि तथास्तुको कथा’


सेन्सरले दियो यू सर्टिफिकेट

ग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘तथास्तु’का निर्माता तथा निर्देशक सबिर श्रेष्ठले फिल्मको कथा अभिनेत्री रेखा थापाकै लागि लेखेको बताएका छन् । उनले आफ्नो फिल्मको कथामा रेखाबाहेक अन्य अभिनेत्रीको विकल्प नरहेको समेत दाबी गरेका छन् ।
Rekha-Thapa-Sabir-Shrestha‘मैले रेखाकै लागि तथास्तुको कथा लेखेको हुँ,’हालैको भेटमा निर्देशक श्रेष्ठले भने,‘फिल्मको स्क्रिप्टमा रेखाले मात्र न्याय गर्न सक्छिन् ।’ सबिरले फिल्ममा रेखाको एक्सनलाई दर्शकले मनपराइनेमा आशा व्यक्त गरे । पछिल्लो समयमा फिल्मका कलाकारहरुले अभिनय गर्नु अघि स्क्रिप्ट माग्ने गरेकोमा दुःख व्यक्त गर्दै राम्रो अभिनय गर्ने कलाकारलाई स्क्रिप्टको आवश्यकता नपर्ने उनले बताए ।

यसैबीच फिल्मले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि हरेक उमेर समुहका दर्शकले फिल्म हेर्न पाउनेछन् । बोर्डका सदस्यसँगै अभिनेत्री रेखाले पनि फिल्म हेरेकी थिईन् । फिल्म हेरेपछि उनले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै निर्देशक सबिरको निर्देशकीय क्षमताको तारिफ गरिन् ।

सबिरले निर्देशन गरेका ७ फिल्ममध्ये रेखा ५ फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् । जगदीश्वेर थापाको लेखन रहेको फिल्म ‘तथास्तु’ मा रेखा सँगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत रहेको ‘तथास्तु’ लाई बाबु श्रेष्ठले खिचेका हुन् । फिल्मले नारी हिंसा र प्रतिकारको कथालाई प्रस्तुत गरेको छ ।

SUBSCRIBE 👉