‘तथास्तु’बाट रेखाको अग्नीपरीक्षा


Rekha-thapa-nepali-actressग्ल्यामर नेपाल, काठमाडौं ।
आफ्नो ब्यानरको फिल्म मात्र हिट गराउने आरोप छ रेखा थापामाथि। पछिल्ला दुई फिल्म ‘काली’ र ‘हिम्मतवाली’ले यही आरोप पुष्टि गर्छ। अघिल्लो वर्ष रिलिज भएको उनकै मुख्य भूमिका रहेको बाहिरी ब्यानरको फिल्म ‘दमदार’ले भने नाम अनुसारको ब्यापार गर्न सकेन। आउँदो शुक्रबारबाट उनी अभिनित बाहिरी ब्यानरको फिल्म ‘तथास्तु’ रिलिज हुँदैछ। त्यसैले यो फिल्म उनको अग्निपरीक्षाको रुपमा हेरिएको छ। यदि फिल्म व्यापारिक रुपमा सफल भयो भने आफूमाथि लागेको आरोप चिर्ने मौका पनि हुनेछ।

सविर श्रेष्ठ निर्देशित ‘तथास्तु’मा रेखा एक्सन भूमिकामा देखिएकी छिन्। जुन भूमिका सहरका श्रमिक वर्ग र ग्रामिण भेगका महिलाबीच निकै लोकप्रिय छ। निर्देशक सविर, रेखाको यही लोकप्रियता क्यास गर्ने दाउमा देखिन्छन्। त्यसैले उनले प्रमोशनको पहिलो अस्त्र पनि रेखालाई नै बनाएका छन्। ट्रेलर र पोष्टर सबैतिर रेखा छाएकी छिन्। अर्कोतिर बाहिरी ब्यानरको फिल्मका प्रमोशनमा सक्रियता नदेखाउने रेखा ‘तथास्तु’का लागि भने निकै दौडधुप गरिरहेकी छिन्।

यसबाट पनि फिल्मको व्यापारप्रति निकै संवेदनशिल छिन् भन्ने पुष्टि गर्छ। तर रेखाको यो दौडधुप कतिको प्रितकर हुने हो ? प्रतिक्षाको विषय बनेको छ। फिल्ममा रेखासहित सुवास थापा र किशोर खतिवडा पनि मुख्य भूमिकामा छन्।

SUBSCRIBE 👉