ऋतिक र कंगनाबीच प्रेम सम्बन्ध !


kangana-hritik
अविवाहित बलिउड अभिनेत्री कंगनाले आफू विशेष सम्बन्धमा रहेको र आफू निकै खुसी रहेको अभिव्यक्तिसमेत दिएकी छिन। तर सम्बन्ध कोसँग र कहिलेदेखि भन्ने चाहिँ उनले खुलाएकी छैनन्। कंगनाले भनिन – ‘सही समय आएपछि मेरो सम्बन्ध बारे वृस्तृत रुपमा बताउनेछु।’

उनि आजभोलि ऋतिक रोशनसँग डेटिङमा रमाई रहेको खबरले अहिले बलिउड फिल्मी बजार तातिएको छ। ग्ल्यामरस छवि बनाएकी कंगना बिन्दास स्वभावकी छन्। उनि हाल फिल्म ‘कट्टी बट्टी’को छायांकन व्यस्त रहेकी छिन। फिल्ममा उनलाई इमरान खानले साथ दिई रहेका छन्।

गत वर्ष ऋतिक र सुजेनको वैवाहिक जीवन टुंगिएको थियो। एक्ला भएका ऋतिक पछिल्लो समय धेरै युवतीको तारो बनेका छन्। अहिले उनि अभिनेत्री कंगना रनावतको निसानामा परेको खबर चर्चामा छ।

एक्लो जीवन बिताइरहेका ऋतिकलाई कंगनाको साथले खुसी बनाएको हुन सक्ने उनीहरूका नजिककै साथीहरुले अनुमान गरेका छन्। कंगनाले आफू विशेष सम्बन्धमा रहेको बताइरहँदा ऋतिकले भने यससम्बन्धी समाचारमा सत्यता नभएको तर्क गरेका छन्। फिल्म क्रिश ३ मा ऋतिक र कंगनाले संगै काम गरेका थिय।

SUBSCRIBE 👉