४२ देशमा आभाष


Surendra-Poudel-Gobinda-Shahiग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘आभाष’ विदेशका ४२ वटा देशमा रिलिज हुने भएको छ । फिल्मका निर्माता गोविन्द शाहीका अनुसार अन्तर्राष्ट्रिय कलाकार समाजले फिल्मलाई उक्त देशमा रिलिजको जिम्मेवारी लिएको हो ।

‘हामी फिल्मलाई देशसँगै विदेशमा पनि प्रदर्शन गराउँदैछौं,’फिल्म रिलिजको अन्तिम तयारीबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शाहीले भने,‘ती देशमा फिल्म एकसाथ नलागे पनि विस्तारै विस्तारै आगामी वर्षसम्म रिलिज गराउने योजनामा छौं ।’

Saloon-Basnet-Ashma-DCयुरोपसहित विभिन्न देशमा फिल्म रिलिजको जिम्मा लिएको समाजका युरोप अध्यक्ष सरोज श्रेष्ठले पनि नेपाली फिल्मको बजारलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन आफुहरुले सक्दो प्रयास गरिरहेको बताए । ‘यही प्रयासलाई तिब्र बनाउन हामीले आभाषलाई रिलिज गराउन लागिरहेका छौं,’श्रेष्ठले भने,‘यी देशबाट करिब ३० लाख रुपैंयाँसम्म उठाउने योजनामा छौं ।’

कार्यक्रममा फिल्मका निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेलले फिल्मले काठमाडौंको युवापुस्तालाई समेट्ने दाबी गरे भने नायिका आस्मा डिसी र नायक सलोन बस्नेतले फिल्ममा आफ्नो भूमिकाबारे बोलेका थिए । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेका हुन् । संयम पुरी, सुनिल रावल, आष्मा डिसी, निशा अधिकारी, गोविन्द शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको कथा सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा लेखेका हुन् ।

SUBSCRIBE 👉