दुई पुजालाई भेट्दा भावुक बनिन् रेखा


Rekha-Poojaग्ल्यामर नेपाल, काठमाडौं ।
अभिनेत्री रेखा थापाले रक्षा नेपालको आश्रयमा रहेका सामूहिक बलात्कारको शिकार बनेकी पुजा बोहोरा र आफ्नै बाबु र हजुरबुवाबाट बलात्कृत भएकी पुजा कार्कीलाई गत बिहिबार भेटेकी छन् । शुक्रबारबाट रिलिज फिल्म ‘तथास्तु’की अभिनेत्री रेखाले फिल्मका निर्देशक सविर श्रेष्ठ र निर्माता रामहरि धितालको साथमा रक्षा नेपाल गएर पुजाद्वयलाई भेट गरेसँगै उनीहरुले संस्थालाई १५ हजार रुपैंयाँ सहयोग पनि गरेका थिए ।

फिल्म ‘तथास्तु’मा आफु पनि पतिबाट बलात्कृत श्रीमतिको भूमिकामा अभिनय गरेको खुलाउँदै रेखाले आफ्नो नयाँ फिल्म ‘रामप्यारी’मा पुजाद्वयलाई अभिनय गराउने घोषणा गरिन् । उनीहरुलाई भेट्दा रेखा निकै भावुक बनेकी थिईन् । कार्यक्रममा पुजा बोहोराले बलात्कृतलाई मृत्युदण्डको सजायको व्यवस्था गर्न संविधानमा उल्लेख गर्नुपर्ने माग राखिन् । निर्देशक श्रेष्ठले आफुले फिल्म बनाउनु अघि रक्षा नेपाल आएको भए आफ्नो कथामा नयाँ कुरा थप्न सक्ने जनाउँदै फिल्ममा आफूले बलात्कारको कथालाई प्रस्तुत गरेको बताए ।

संस्थाकी अध्यक्ष मेनुका थापाले संस्थामा ३२ जना बालबालिका तथा किशोरीहरु रहेको जानकारी दिँदै उनीहरुलाई पनि अभिनेत्री रेखा जस्तै बलवान बनाउन चाहेको बताईन् ।

SUBSCRIBE 👉