अन्तत: टाढिए धुर्मुस र माग्ने बुढा


जीवनभरका निम्ति जोडी बनाएर सहकार्य गर्ने प्रण गरेका केसी जोडी अर्थात केदार घिमिरे (माग्नेबूढा) र सीताराम कट्टेल (धुर्मुस) अन्तत: सहकार्य नगर्ने अवस्थामा पुगेका छन् । केदार मेरी बास्सैबाट पूर्ण रूपमै अलग्गिएका छन् । Dhurmush-Sitaram-Kattel-Magne-Buda-Kedar-Ghimireयति बेला मेरी बास्सैका तक्मे बूढा विल्सन विक्रम राई र मुइँया सुनिता घिमिरे केदारसँग छन् भने अरू कलाकार सीतारामसँग छन् । केदार मेरी बास्सैबाट किन अलग भएका हुन् भन्ने विषयमा आफूले नै प्रस्ट रूपमा नबुझेको सीताराम बताउँछन् । केदार भने अर्को हास्यश्रृंखला निर्माण गरेर नयाँ ढंगले काम गर्न चाहिरहेका छन् । केदार र सीताराम अलग हुनुमा मेरी बास्सैको सर्वाधिकार ग्रहण गरेको मिडिया हबले समयमा पैसा नदिनुलाई पनि बताइएको छ।
– कान्तिपुर साप्ताहिक बाट

SUBSCRIBE 👉