सितारामको छैठौ उपहार ‘सम्मान-२’


ग्ल्यामर नेपाल,काठमाडौँ ।
गायक सिताराम पोखरेल आफ्नो छैठौ एल्वम ‘सम्मान-२’ लिएर स्रोतामाझ आएका छन्। शुक्रबार राजधानीमा एक समारोहका विच संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, चर्चित संगीतकार राजु सिं, राजेन्द्र सल्लभ लगाएतका वरिस्ट हातहरुबाट पोखरेलको ‘सम्मान-२’ सर्बजनिक गरिएको छ। एसियन म्यूजिक कम्पनीको ब्यबस्थापनमा एल्बम बजारमा आएको हो। एल्वममा कुमार विवाहित, सन्तोष पोखरेल, जन्म राई, दीपक कौडन्य, शम्भु घिमिरे, आशिफा खान र गायक पोख्रेलका शब्दहरु रहेका छन्।
Sitaram-pokharel-album
‘मेरो तोला’, ‘होस आज छैन’, ‘यो मनमा तिमी नै’, ‘आँखाभरी रंगीन’, ‘मेरो मनमा’, ‘कहाँ छ’ र ‘सुनिदेउ न’ गरी सातवटा गीत रहेका एल्बममा बसन्त सापकोटा, कर्णराज कार्की, सञ्जय हमाल, किरण कंडेल, राहुल प्रधानले संगीत भरेका छन्। गायक पोख्रेलले हाल सम्म डेढ सय भन्दा बढी गीतहरुमा स्वर दिएका छन। उनले एक दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा चर्चित नेपाली अभिनेत्री तथा मोडलहरु सँग अभिनय गरेका छन्। अघिल्ला एल्बमले जस्तै यस एल्बमले पनि दर्शक स्रोताको मन जित्ने गायक पोखरेलले आशा गरेका छन्।

पेशाले नेपाल आयल निगमका निर्देशक रहेका पोखरेल हाल आयल निगम केन्द्रिय कार्यालय बबहरमहलमा कार्यरत छन्। एल्बम सार्बजनिक कार्यक्रममा वरिष्ठ गीतकार, संगीतकार, हस्यकलाकारहरुको सहभागीता थियो।

SUBSCRIBE 👉