जापानबाट नेपाल आउँदै सुर्यमुखी फूल


Japanese-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
जापान र नेपालको संस्कृतिलाई उजागर गर्ने उद्देश्यले जापानीज भाषाको चर्चित फिल्म ‘हिमावारी’ अब नेपाली भाषामा प्रदर्शनमा आउने भएको छ । नेपाली भाषामा डबिङ गरिएको फिल्मको नेपाली नाम ‘सुर्यमुखी फूल’ राखिएको छ ।

योशिहिरो ओइकाले निर्देशन गरेको फिल्मले नेपाल र जापानको संस्कृतिको गलत बुझाइलाई समेत हटाउने विश्वास निर्माण पक्षको रहेको छ । सादातोशी ओशिहिरो, कोदा यमादा, योशिका गिनोजाको लेखन रहेको फिल्ममा योजो नगतसुका, केन्टा सुगा, रेना नौनिन, सकि फुकुदाको अभिनय छ ।

फिल्मले अमेरिका र जापानको विश्वयुद्धलाई चित्रित गरेको छ । जनवरी २६ देखि प्रदर्शनमा आउन लागेको फिल्म २ घण्टाको छ । जापानमा रिलिज गरिएपछि यो फिल्म नेपालमा प्रदर्शन गरिनेछ ।

SUBSCRIBE 👉