मोफसलमा माघ १ मा इच्छा


सेन्सरले दियो यू सर्टिफिकेट

Ichha-Movie

ग्ल्यामर नेपाल, काठमाडौ ।
राजधानीमा माघ २ मा रिलिज हुने नेपाली फिल्म ‘इच्छा’ उपत्यका बाहिर भने माघ १ गते नै रिलिज हुने भएको छ । माघी पर्व (माघे संक्रान्ती)लाई मध्यनजर गर्दै उल्लेख्य दर्शक हलसम्म ल्याउने उद्धेश्यले फिल्म माघ १ मा नै मोफसलमा रिलिज गर्न लागिएको निर्देशक मुनाल घिमिरेले बताए ।

फरक पुस्ताको फरक सोचाईलाई मूख्य विषय बनाईएको यो फिल्मलाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’लाई निर्माण गरेका घिमिरेले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो ।

फिल्ममा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा विवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ । गम्भीर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको फिल्ममा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

SUBSCRIBE 👉