डान्स चितवन डान्सको उपाधिका लागि १३ प्रतिष्पर्धी


Chitwan-Newsग्ल्यामर नेपाल, काठमाडौं ।
चितवनमा सञ्चालन भइरहेको ‘डान्स चितवन डान्स’ प्रतियोगिताको फाइनलका लागि १३ प्रतिष्पर्धी छनौंट भएका छन् । सोसेजिनिस मिडिया प्रालिले आयोजना गरेको प्रतियोगिताको फाइनल माघ २६ गते चितवनको बिपी कोइराला क्यान्सर अस्पातालको सभाहलमा हुनेछ ।

प्रतियोगिताको फाइनल चरणमा पुग्नका लागि सोमबार गरिएको १४ बर्ष मुनिका र १४ बर्ष माथीका गरी प्रतियोगिबीचको अडिसनमा १३ जना प्रतियोगीहरुले फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । विजेता हुने १४ बर्ष मुनिका र १४ बर्ष माथिका प्रतियोगिले एक–एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन ।

अडिसनमा चर्चित नृत्य निर्देशक शंकर बिसी, कलाकार गणेश उप्रेती, नरेश वीर सिहं, रविन शंकर र रवि रसाइली निर्णायक रहेका थिए । कार्यक्रममा निर्माता तथा निर्देशक दिपक खाँड अतिथि निर्णायकको रुपमा रहेका थिए । प्रतियोगितामा १४ बर्ष मुनिका प्रतियोगीहरु खुशी थापा, प्रमेश सिलवाल, अनन्त पन्त, जिया जोशी र रितिका श्रेष्ठ, विभुति ढकाल, एन्जेलिना बराली ले आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै १४ बर्षमाथीमा प्रतियोगिहरु अमित काफ्ले, अस्मिता सेन्चुरी, शान्ति तामाङ गोले, सुनिल बिक, गोविन्द र राजकुमार, एसएमएसआर क्रिऊ, एस फाइभ ग्रुपले आफ्ना प्रस्तुति दिएका थिए ।

संस्थाका अध्यक्ष तथा निर्देशक मिलन लामा गोलेका अनुसार प्रतियोगितामा चितवन, नवलपरासी, मकवानपुर लगायतका प्रतिष्पर्धीहरुले सहभागिता जनाएका छन् । फाइनलमा राष्ट्रियस्तरका कलाकारहरु शिव परियार, शंकर बिसी, गणेश उप्रेती, नरेश बीर सिहं, नेपाली ताराका प्रतिस्पर्धी सुरेश लामा, आस्था कलाका केन्द्रको समेत प्रस्तुति रहनेछ ।

SUBSCRIBE 👉