सर्यो इच्छा, नयाँ मिति तोकिएन


Ichha-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
बढ्दो राजनीतिक संकटसँगै राजनीतिक दलहरुले बन्द र हड्तालको कार्यक्रम गर्न थालेपछि फिल्म ‘इच्छा’ले आफ्नो रिलिज मिति सारेको छ । मोफसलमा १ गतेबाट र उपत्यकामा २ गतेबाट प्रदर्शनमा आउने भनिए पनि राजनीतिक अवस्थाले फिल्मको मिति सारिएको निर्देशक मुनाल घिमिरेले बताए । फिल्म रिलिजको नयाँ मिति भने तोकिएको छैन ।

फरक पुस्ताको फरक सोचाईलाई मूख्य विषय बनाईएको फिल्ममा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक घिमिरेले फिल्ममा विवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताए । गम्भीर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको फिल्ममा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

SUBSCRIBE 👉