नाई नभन्नु ल ३ को शीर्ष गीत सार्वजनिक


Priyanka-Aryanग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी चैत्र २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘नाईं नभन्नु ल ३’को शीर्ष गीत सार्वजनिक भएको छ । लगातार दुईपटकसम्म बक्स अफिसमा उत्कृष्ठ व्यापार गरेको फिल्म ‘नाई नभन्नु ल’ को सिक्वेलको यो गीतमा राजेशपायल राई, रजिना रिमाल र संयोग योगीको स्वर रहेको छ ।

गीतमा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुँइटले र सुरजसिंह ठकुरीले फिचरिङ गरेका छन् । बसन्त सापकोटाको शब्द–संगीतमा तयार भएको गीतमा कविराज गहतराजको नृत्य रहेको छ । फिल्ममा मुस्कान ढकालको डेब्यू निर्देशन रहेको छ । यसअघिका सिक्वेलको निर्देशन विकास आचार्यले गरेका थिए ।

Nepali Movie Nai Nabhannu La 3 | Title Song | Click Here to Watch !

SUBSCRIBE 👉