कसैलाई नभन्नूको मुहुर्त


Kasailai-Nabhannuग्ल्यामर नेपाल, काठमाडौं ।
शुभम् फिल्मस् प्रा.लिको ब्यानरमा फिल्म ‘कसैलाई नभन्नू’ निर्माण हुने भएको छ । मन्दिप रानाको डेब्यु निर्देशन रहने फिल्मको बिहिबार भद्रकाली मन्दिरमा मुर्हत गरियो । फिल्ममा रानाकै लेखन रहेको छ ।

विशुद्ध प्रेमकथामा आधारित फिल्ममा देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर केसी लगायतको अभिनय रहनेछ । रामचन्द्र श्रेष्ठ र भिम बिसीको संयुक्त संगीत रहेको फिल्ममा प्रमोद खरेल र शिव परियारले स्वर दिएका छन् ।

फिल्मको शुक्रबारबाट छायाँकन सुरु हुनेछ । निर्देशक रानाका अनुसार फिल्मको छायाँकन काठमाण्डू, हेटौंडा पोखरा, पाल्पा र तनहुँमा हुनेछ । फिल्ममा शिवहरी रेग्मी र शंकर अधिकारीको लगानी छ ।

SUBSCRIBE 👉