बल्ल आयो अभिनेत्री शशीको बुद्धि !


ग्ल्यामर नेपाल, काठमाडौं ।
म्युजिक भिडियो र टेलिफिल्मबाट शशी खड्काले सोझी र सरल नायिकाको रुपमा आफ्नो छवि बनाएकी थिइन्। उनको मुहार जति इनोसेन्ट देखिन्छ, त्यस्तै भूमिकामा मात्र उनलाई पर्दामा देखिन्थ्यो। खासगरी जवीक केसीको ‘आखाँ भरी आशुँ कि…’ बोलको गीतमा मोडलिङ गरेपछि म्युजिक भिडियोमा एकछत्र राज गर्न सफल भइन्। तर जब फिल्म खेल्न थालिन्, करिअर उकालो होइन्, झन् ओरालो लाग्न थाल्यो। खासगरी उकेश दाहाल र राजु गिरी जस्ता विवादस्पद निर्देशकका फिल्ममा उत्तेजक दृश्य दिएपछि उनको छवि धुमिलिएको थियो।

Shashi-Khadka

Actress Shashi Khadka | Photo: Kamal Shrestha

उनले उकेशको ‘पलपलमा’, ‘किन–किन’, राजु गिरीको ‘चन्द्रावती’ फिल्ममा आफ्नो जवानी पोखेकी थिइन्। त्यसमाथि वक्षस्थलमा खोपाएको ट्याटुले उनलाई थप विवादमा मुछ्यो।पर्दामा उत्तेजक भूमिकामा देखिएपछि शशी गुमनाम बनिन्। पछिल्लो दुई वर्षयता उनलाई कुनै फिल्म र म्युजिक भिडियोमा देखिएको छैन। त्यसैले उनी गुमनाम बनेको हल्ला फिल्मवृत्तमा चलेको थियो।

अब भने फेरि उनी फिल्ममा फर्कने तयारीमा छिन्। उनका पछिल्ला अभिव्यक्ति सुन्दा उनी आफ्नो धुमिएको छवी सुधार्ने प्रयासमा छिन्। एक अनलाइनसँगको कुराकानीमा उनले भनेकी छन्, ‘जहाँ अभिनय देखाउन पाइन्छ, त्यसमा मात्र काम गर्छु। अवार्ड पनि जितियोस्, दर्शकले पनि तारिफ गरुन्।’ उनले ‘पलपलमा, किन किन’ मा जस्तो हट भूमिका नगर्ने पनि प्रण गरेकी छन्। यदि बुद्धि पहिल्यै आइदिएको भए दुई वर्ष गुमनाम त हुनुपर्दैन्थ्यो नि, शशीजी ?

SUBSCRIBE 👉