फागुन ८ गते सुवासको ‘इच्छा’ | दुई नायक विच घम्सा-घम्सी हुने अनुमान


ग्ल्यामर नेपाल, काठमाण्डौ ।
माघ २ गते प्रदर्शनमा आउने भनिएको फिल्म ‘इच्छा’ अव फागुन ८ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारण माघ २ गते प्रदर्शन मिति स्थगन भएको थियो।
dipshika-shahi-subash-thapa
बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको फिल्म “इच्छा”लाई दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान- श्रीमती’ निर्माण गरिसकेका मुनाल घिमिरेले निर्देशन गरेका हुन्। घिमिरे निर्देशित यो पहिलो फिल्म हो।

फिल्ममा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ। गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ।

दुई नायक विच घम्सा-घम्सी हुने अनुमान

फागुन ८ गते नै अन्य दुई नेपाली फिल्महरु पनि प्रदर्शन हुँदैछन्। नायक आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’ र नायिका प्रियंका कार्की अभिनित फिल्म ‘माला’ प‍नि सोही मितिमा प्रदर्शनमा आउन लागेका हुन्। केहि समय अघि नायक सुवास थापा र नायक आर्यन सिग्देलको आपसी आरोप प्रत्यारोपले नेपाली मिडियामा तरंग पैदा गरेको थियो। यी दुई नायक अभिनित चलचित्रहरु अब एकै मितिमा प्रदर्शन हुने भएपछी यी दुई नायकको शित युद्ध पुन: एकपटक चर्चामा आउने अनुमान गर्न थालिएको छ।

SUBSCRIBE 👉